काठमाडौं, पुस २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाङमा भएको बस दुर्घटनाको घटना प्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जना यात्रुको ज्यान गएको घटनाप्रति ओलीले दुःख व्यक्त गर्नुभएको हो ।
दुर्घटनाको खबरले आफूलाई दुःखी बनाएको ओलीले बताउनुभएको छ । ‘सडक दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछु, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, परिवारजनमा पीडा सहने शक्ति प्राप्त होस, सवारी दुर्घटना रोक्न सबैले सडक अनुशासनको कडाइका साथ पालना गरौँ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
शुक्रबार राति नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक बस राति साढे १० बजेतिर दाङको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती पुलबाट राप्ती नदीमा खस्दा १२ जनाको ज्यान जानुको साथै २३ जना घाइते भएका थिए ।













प्रतिक्रिया दिनुहोस्