काठमाडौं, पुस २८ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा काठमाडौंको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँको लाजिम्पाट बस्ने डा. महेशकुमार गौतम र सोही ठाउँमा ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुङ्गेलले जानकारी दिए ।
प्रहरीका अनुसार भ्यानमा ६ जना सवारमध्ये चार जनाको घटनास्थलमा नै मृत्यु भएको र दुई जना घाइतेलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उहाँकी आमा डा. सृष्टि तिवारी घाइते हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्