जनता टाइम्स

२९ पुष २०८०, आईतवार १५:०५

न्यायाधीश पत्नीले सर्वाेच्च परिसरमै गरिन आत्मदाहको प्रयाश


काठमाडौं, पुस २९ । न्यायाधीशकी पत्नीले नै सर्वाेच्च अदालत परिसरमा आत्मदाहको प्रयाश गरेकी छन । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले आज सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गर्नुभएको हो ।

आइतबार दिउँसो आरतीले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गर्नुभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलका अनुसार जिउमा मट्टितेल खन्याएको देखेपछि आरतीलाई प्रहरीले रोकेको थियो ।

आरतीले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाउनु भएको थियो । प्रधानन्यायाधीश अदालत प्रवेश गरेको केही समयभित्रै सुरक्षाकर्मीलाई छक्याएर भित्र पसी आरतीले जर्किनबाट शरीरमा पेट्रोल/मट्टितेल खन्याएको प्रहरीको भनाई छ । आगो सल्काउन खोज्दा भने प्रहरीले हस्तक्षेप गरेको हो ।

आरतीले जिल्ला न्यायाधीशसमेत रहनुभएका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको मुद्दा हाल्नुभएको छ । जिल्ला अदालत काठमाडौंमा श्रीमानमाथि जुत्ता प्रहार गर्नुभएको थियो ।