पोखरा, पुस २९ । नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य प्रकाश डोटेलले आफूबिरुद्ध महासंघको केन्द्रमा उजुरी गरेको भन्दै एक पत्रकारलाई भौतिक आक्रमण गर्ने धम्की दिनुभएको छ ।
लामो समयदेखि पत्रकारितामा निस्कृउ डोटेलले मेरोबिरुद्ध किन उजुरी गरिस भन्दै प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका सदस्य रोशन लामिछानेलाई भौतिक आक्रमणको धम्की दिनुभएको हो ।
आफैले फोन गरी उजुरी त राम्रै दिनुभएको रहेछ महासंघमा हगी भन्दै बार्ता सुरु गर्नुभएका डोटेलले आपत्तिजनक शब्द प्रयोग गर्नुभएको छ । ‘…मा तेरो आमाले रिपोर्टिङ गर्छे ? मा….’ भन्दै डोटेलले आमाचकारी गर्नुभएको छ ।
पत्रकार रोशनले आफूले उजुरी नगरेको भताए पनि डोटेलले बाटोमै कुटने धम्की दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्