विद्यालयको कार्यकक्षमै शिक्षक–शिक्षिकाको मस्ती गरेको भिडियो सार्वजनिक भएको छ । शिक्षक शिक्षिकाले गर्ने नहुने काम भिडियोमा देखिएको छ
गुल्मी, माघ १ । बिद्यालय भन्न साथ हामी सरस्वती मातालाई संझन्छौं । पढाइ हुने स्थल सरस्वती माताको पवित्र स्थल हो । तर गुल्मीमा भने सरस्वती माताकै बलात्कार गर्ने जस्तो हर्कत भएको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङ्ग छापचौरस्थित श्री दुर्गा भवन माबिमा सरस्वती माताको अपमान भएको हो । सरस्वती माता विद्याकी खानी हुन । शिक्षक शिक्षिकाले शैक्षिक मर्यादा, शिक्षा ऐन, नियमावलीको धज्जी उडाउँदै कार्यकक्षमै नाचगान गरेपछि सरस्वती माता अपमानित भएकी हुन । जस्को पछिल्लो समयमा चौतर्फी आलोचना भइरहेको छ ।
शिक्षा आर्जन गर्ने पबित्र पाठशालाभित्र शिक्षक–शिक्षिकाको अमर्यादित क्रियाकलापले सिङ्गो विद्यालयकै बदनाम भएको छ । नाचमा सक्रिय एक शिक्षिका शिक्षा ऐनबिपरित पार्टी संगठनमा क्रियाशील रहेको खुलेको छ ।
कुनै एक राजनीति दलको महाधिवेशन २०७८ प्रदेश ‘क’ बाट प्रतिनिधित्व गर्दै गुल्मी क्षेत्र नम्बर १ को क्षेत्रीय सहसचिवको पदमा उम्मेदवार बनेर पराजीत हुनुभएको थियो । अधिवेशनको समयमा विद्यालयको पठन पाठनमा समेत असर परेको स्थानीय बासिन्दाले बताएका छन । यस विषयमा विद्यालय प्रशासन मौन रहेको छ । विद्यालय प्रशासनको आडमा यस्ता हर्कत गरिएको हो ।
राजनीति संरक्षणमै पठन पाठनलाई धावा बोल्दै पदिय मर्यादाको उलंघन गर्नु राम्रो विषय होइन । पछिल्लो समयमा निकै चर्चित अरेली काँडैले मलाई च्वास्सै च्वास्सै भन्ने गीतमा नाच्दै सरस्वती माताको अपमान गर्ने क्रियाकलाप भएको छ ।
विद्यालयको कार्यकक्षलाई रोधी घर बनाउनु दुःखद रहेको एक अबिभावकले बताए । यस विषयमा स्थानीय निकाय अनबिज्ञ रहेको स्रोतले जनाएको छ । शिक्षकको पेशागत मर्यादालाई राजनीति आडमा प्रदूषणको चक्रमा दुषित गराउनु संविधान ऐन बिपरित रहेको छ ।
हेर्नाेस भिडियो
प्रतिक्रिया दिनुहोस्