काठमाडौं, माघ ३ । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै एक युवतीको फोटो सार्वजनिक गर्ने ब्यक्ति पक्राउ परेका छन । ती ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राई रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको छ ।
केन्द्रीय साइबर ब्युरोका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्युरोले जनाएको छ ।
राईबिरुद्ध एक युवतीलेसाइबर ब्युरोमा केही दिनअघि जाहेरी दिएकी थिइन । राईलाई बिद्युतीइ कारोवार ऐन २०६३ अपराध अन्तषर््त कार्वाही अघि बढाइएको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्