काठमाडौं, माघ ३ । रबि लामिछानेका कार्यकर्ताबाट कुटाइ खाएका अभियन्ता युवराज सफल रविको बिरुद्ध हात धोएरै लागेको तथ्य पुनः उजागर भएको छ । सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध उजुरीको अर्को श्रृंखला सुरु गरेर हात धोएरै रविबिरुद्ध लागेको तथ्य उजागर गर्नुभएको हो ।
सहकारी ठगीमा उनलाई आरोपित गर्दै युवराज सरकारी निकायमा धाउन थाल्नुभएको छ । उहाँले रविबिरुद्ध सहकारी विभागमा उजुरी दर्ता गराउनु भएको छ । उक्त उजुरीमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई र तत्कालीन महाप्रबन्धक लामिछानेमाथि हदैसम्मको कारवाही माग गरिएको छ ।
इकान्तिपुर र कान्तिपुर दैनिकमा प्रकाशित समाचारलाई आधार बनाउँदै सफलले उजुरी दिनुभएको हो । समाचारको हवाला दिँदै उहाँले बुटबलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र पोखराको सुर्यदर्शन सहकारीबाट ३० लाख रुपैयाँ गोरखा मिडियाले लिएको उल्लेख गर्नुभएको छ ।
‘जीवी राई गोरखा मिडिया नेटवर्कको अध्यक्ष र रवि लामिछाने एमडीको जिम्मेवारीमा कायम रहेको बेलामा गैरकानूनी रुपमा सहकारीबाट रकम लिएर आजको दिनसम्म सहकारीको रकम नतिरी सहकारी ठगी, रकम हिनामिना समेत गरेको देखिन्छ ।
मिडियाका अध्यक्ष जीवी र एमडी रवि लामिछानेले गैरकानूनीरुपमा कम्पनीमा कर्जा लिएर नतिरी हजारों बचतकर्ताको खुन र पसिनामाथि खेलवाड गरेको अवस्था छ । अत निजहरुले उल्लेखित सहकारीबाट लिएको करिब ५२ करोडको सावाँ ब्याजसहितको हालसम्मको रकम सहकारीलाई फिर्ता गराउनसाथै हदैसम्मको कारवाही गर्न यो निवेदन पेश गरेको छु’, सफलको उजुरीमा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्