जनता टाइम्स

५ माघ २०८०, शुक्रबार १७:१३

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित २९ सहसचिवको सरुवा, को–कहाँ पुगे (सूचीसहित)


काठमाडौं, माघ ५ । सरकारले बिभिन्न निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत २९ जना सहसचिवहरुको सरुवा गरेको हो ।

सरुवामा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसमेत पर्नुभएको छ । महानगरमा बिवाद भएपछि अधिकारीको सरुवा गरिएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले प्रमुख प्रशासकीय अधिकृत अधिकारीमाथिसमेत कार्वाही प्रक्रिया अघि बढाएपछि सरकारले सरुवा गरेको हो ।

कार्यपालिकाको निर्णय फेरेको विषयमा अधिकारीसँग प्रमुख शाह रुष्ट बन्नुभएको हो । सोही कारण अधिकारीको कार्यकक्षमा ताला लगाएर गाडीसमेत खोसिएको थियो । बिवादबीच बिदामै रहनुभएका अधिकारीलाई मधेशी आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरिएको छ भने राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव प्रदीप परियारलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

यसैगरी गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाललाई अर्थ मन्त्रालय, सेवन्तक पोखरेल मधेश प्रदेश अर्थ मन्त्रालय, सेवन्तराज दाहाल गण्की प्रदेश प्रमुखको कार्यालय, बासुदेव दाहाललाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

यस्तै छबिन्द्र पराजुली कोशी प्रदेश प्रमुखको कार्यालय, इश्वरकुमार गिरी समावेशी आयोग, गोबिन्द्रप्रसल रिजाल श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, हरिशरण पुडासैनी बागमति प्रदेश पर्यटन मन्त्रालय, केशवप्रसाद दाहाल शिक्षा मन्त्रालय, झलकराम अधिकारी नेपाल ट्रष्टको कार्यालय, बाबुराम ज्ञवाली योजना आयोग र निता पोखरेल अर्याल बागमति प्रदेश लोकसेवा आयोगमा सरुवा हुनुभएको छ ।

यस्तै नम्रता सिंह लुम्बिनी प्रदेश कृषि मन्त्रालय, दिवस आचार्य राष्ट्रि«य सुरक्षा परिषद, बैरेन्द्रकुमार यादव मधेश प्रदेश गृह मन्त्रालय, सुरेन्द्र पौड्याल मधेश प्रदेश श्रम मन्त्रालय, दिनानाथ मिश्र शिक्षा मन्त्रालय, माधवप्रसद भट्टराई कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, रमेशकुमार सिंह उर्जा मन्त्रालय, शैलेशकुमार झा उद्योग मन्त्रालय सरुवा हुनुभएको छ ।

यस्तै अमृत श्रेष्ठ बागमति प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, केदारनाथ शर्मा काशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लक्ष्मीप्रसाद भट्टराई कोशी प्रदेश सामाजिक बिकाश मन्त्रालय, दिपकराज नेपाल श्रम मन्त्रालय, टंकप्रसाद प्रसाई गण्डकी प्रदेश कृषि मन्त्रालय र सहदेवप्रसाद हुमागाई कृषि तथा पशुपंन्छी मन्त्रालयमा सरुवा गरिएको छ ।