भक्तपुर, माघ ६ । सूर्यबिनायक नगरपालिका वडा नम्बर ६ स्थित सुवर्णेस्वर आधारभूत बिद्यालयका शिक्षक–शिक्षकाहरुले गज्जवको अभ्याश सुरु गरेका छन ।
सो बिद्यालयका शिक्षक–शिक्षिकाहरुले अफ्नो ४ दिने नमुना बिद्यालय शैक्षिक अवलोकन भ्रमणको प्रतिवेदन नै सार्वजनिक गरेर सवैका लागि नमुना बनेका हुन । भ्रमणको सवै पक्षलाई समेटेर दैनिक रिपोर्टसहित प्रतिवेदन सार्वजनिक गरी टोलीले आफूहरुको जिल्ला बाहिरको भ्रमण घुमघाम होइन, साँच्चीकै अध्ययन भ्रमणमा नै हो भन्ने प्रमाण आम अबिभावकसामू पेश गरेका छन ।
सुवर्णेस्वर आधारभूत बिद्यालयका प्रधानअध्यापक जीवन दहालको नेतृत्वमा शिक्षक र बिद्यार्थी सम्मिलित टाली गत पुस २५ गतेदेखि पुस २८ गतेसम्म भ्रमणमा गएको थियो । भ्रमण दलमा शिक्षकहरु कल्पना भट्टराई पोखरेल, शर्मिला ढुंगेल, प्रतिमा केसी भैरवी कार्की, शर्मिला थापा, शुष्मा शर्मा न्यौपाने, सीमा घर्ती, रश्मी श्रेष्ठ, कार्यालय सहयोगी अम्बिका केसी, चालक राम बिक र बिद्यार्थीद्वय प्रमित हमाल र स्टेला श्रेष्ठ रहनुभएको थियो ।
प्रतिवेदन संयोजक तथा प्रधानअध्यापक दहालले सार्वजनिक गर्नुभएको प्रतिवेदनअनुसार सो टोलीले चितवनको नारायणी नमुना बिद्यालय र रुपन्देहीको कालिका मानव ज्ञान माध्यमिक बिद्यालयको अवलोकन भ्रमण गरेको थियो । यस्तै तनहुँको दवघाट धाम, नवलपुरको सिजी धाम, बुटवलको सिद्धबाबा धाम, हेटौंडाको भुटनदेवी मन्दिर, बाराको गढीमाई मन्दिर र जनकपुरको रामजानकी मन्दिरको दर्शन गरेको थियो ।
यस्तै बुटवलको फुलवारी पार्क, चितवनको नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज, सौरहाको थारु साँस्कृतिक नृत्य, हेटौंडाको शहिद स्मारक पार्क, सर्लाहीको भरत ताद र सिन्धुलीको बिभिन्न धार्मिक तथा पर्यटकीय स्थानको अवलोकन गरेको संयोजक दाहालको प्रतिवेदनमा उल्लेख छ ।
सो बिद्यालयका शिक्षकहरुले शिक्षण सिकाई क्रियापकलापलाई अझ प्रभावकारी बनाउन, बिद्यालयहरुले गरेका सफल र असल अभ्याशहरु सिक्न, अनुभवहरु साटासाट गरी थप उत्कृष्टता हासिल गर्न अवलोकन भ्रमण गरिएको शिक्षक कल्पना भट्टराई पोखरेलले बताउनु भयो ।
भ्रमणमा गएको टोलीले भ्रमणको उदेश्यदेखि निश्कर्षसम्म प्रतिवेदनमा समटनुका साथै खर्च बिवरणसमेत सार्वजनिक गरेको छ । शिक्षक शिक्षिकामाथि बिद्यालय नै बन्द गरी घुमघाम गर्न जाने होडवाजी चलिरहेको आरोप लागेको बेला सुवर्णेश्वरका शिक्षक शिक्षिकाको यो काम निकै प्रसंसनीय रहेको अबिभावकहरुले बताएका छन । भ्रमण प्रतिवेदन हेरेपछि आफूहरु निकै खुसी भएको उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्