जनता टाइम्स

७ माघ २०८०, आईतवार ०९:१६

प्रधानमन्त्री प्रचण्डको प्लेन अवरतरण गराउन बन्द गरियो विमानस्थल


काठमाडौं, माघ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल आगमनका दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

दोहाबाट काठमाडौं आउँदै गरेका प्रधानमन्त्रीका लागि काठमाडौंस्थित विमानस्थलका उडान अवतरण आधा घन्टाका लागि रोकिएका छन् । प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकाई स्वदेश फर्कदै हुनुहुन्छ ।

कतार एयरवेजको जहाजबाट बिहान ९ बजे प्रधानमन्त्री काठमाडौं अवतरण गर्ने तालिका छ । दोहाबाट आएको हिमालय एयरलाइन्सको एचआइएम ५६४ जहाज होल्ड गराई कतारको जहाजलाइ अवतरण गराउन लागिएको छ ।

भीभीआईपी उडानका कारण अहिले अन्य जहाजको उडानरअवतरण रोकिएको विमानस्थल स्रोतले जनाएको छ । कार्यालयले “नोटाम” जारी गरी यसबारे जानकारी गराउने गर्छ । यसले गर्दा सर्वसाधारण मर्काका परेका छन् ।