बढुवा समतिले प्रशासन सेवाको सामान्य प्रशासन सेवाका ३४ जना र लेखा समूहतर्फका १० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिश गरेको हो ।
काठमाडौं, माघ ९ । सरकारी सेवामा रहेका ४४ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन।
बढुवा सिफारिस समितिको बैठकले जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा सामान्य प्रशासन समूहका राजपत्रांकित तृतीय श्रेणीका ३४ जना शाखा अधिकृतलाई सोही समूहको उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
नेपाल प्रशासन सेवाको सामान्य प्रशासन सेवामा शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि १ सय ९५ जनाले उम्मेदवारी दिए पनि १ सय ८९ जनाको उम्मेदवारी कायम भएका हुन । शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनेमा पहिलो नम्बरमा शोभाकर पाण्डेय हुनुहुन्छ ।
यस्तै, जेष्ठता र कार्यसम्पादन मूल्यांङकनको आधारमा नेपाल प्रशासन सेवाकै लेखा समूहतर्फका १० जना शाखा अधिकृत पनि सोही समूहतर्फ उपसचिवमा बढुवा भएका छन् । बढुवाका लागि ६३ जना शाखा अधिकृतले आवेदन दिएका थिए । तर, ती मध्ये ५७ जना मात्रै उम्मेदवार मात्र बन्न योग्य देखिएका हुन ।
लेखा समूहतर्फ शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनेको पहिलो नम्बरमा हिमलाल अधिकारी र १० औँ नम्बरमा मनोजकुमार जोशी रहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्