जनता टाइम्स

९ माघ २०८०, मंगलवार १७:३३

जनमत पार्टीले छाड्यो मधेश सरकार, समर्थन पनि फिर्ता


काठमाडौं, माघ ९ । सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ ।

मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिनुभएको हो ।

मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिनुभयो । मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनुहुन्छ ।