जनता टाइम्स

१० माघ २०८०, बुधबार १०:५६

नारायणकाजी दाहिना बन्दा फेरि मौलायो गुण्डाराज


काठमाडौं, माघ १० । सरकार अपराधीलाई संरक्षणमा लागेपछि राजधानीमा फेरि गुण्डाराज मौचाउन थालेको छ । गुण्डागर्दीदेखि ज्यानमारासम्मलाई प्रधानमन्त्री र गृहमन्त्री आफैले संरक्षण गर्न थालेपछि राजधानीमा फेरि गुण्डाराज मौलाएको हो ।

सरकारकै संरक्षणमा रहेका गुण्डा समुह अव फेरि खुलेयाम आतंक मच्चाउन थालेका छन । यही क्रममा आफूलाई सानुभाई नाम बताउने युवराज गुरुङले शनिबार राती छाया सेन्टरको प्लेब्वाई क्लबमा वितण्डा मच्चाएका छन ।

गुण्डागर्दीमा संलग्न रहेका युवराज गुरुङले आफ्नो समूह बनाइ राजधानीका रात्रिकालीन रेस्टुरेन्ट, क्लब, डान्स बारमा हप्ता असुली गरिरहँदा छाया सेन्टरमा रहेको सो क्लबमा शनिबार बिहान वितण्डा मच्चाएका हुन । युवराजसहितको समूहले पार्किङ स्थलमा एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेको भिडियो फेला परेपछि यो घटना उजागर भएको हो । सो भिडियो प्रहरीले प्राप्त गरेको छ ।

प्रहरी इन्काउन्टरमा परेका कुमार घैटे समूहमा क्रियाशील रहेका गुरुङले अहिले राजधानीको ठमेलमा छुटै समूह बनाएर गुन्डागर्दी गरिरहेका छन । प्रहरीका अनुसार युवराजको समुहले हप्ता असुलीदेखि धम्की अपहरणसम्मका घटना घटाउने गरेको देखिएको छ ।

प्रहरी स्रोतका अनुसार युवराजले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै नाममा आतंक मच्चाउँदै आएका छन । उनले मन्त्री श्रेष्ठदेखि सचिवालयका सवै सदस्यसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै गुण्डाराज बिस्तार गरेको स्रोतको भनाई छ ।