जनता टाइम्स

१० माघ २०८०, बुधबार १७:४२

अख्तियारद्वारा पौडेल द्वय पक्राउ, के हो कसुर ?


काठमाडौं, १० माघ । नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

भ्रष्टाचार मुद्दामा उहाँहरू पक्राउ पर्नु भएको हो । मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको कार्यक्रमको स्रोतसाधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उहाँहरू थप छानबिनमा तानिनु भएको थियो । त्यही क्रममा बुधबार अख्तियारको टोलीले दुवैलाई पक्राउ गरेको हो। शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियारको टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको छ।

गत असोज १५ मा अख्तियारले सुनिल पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो।