जनता टाइम्स

१२ माघ २०८०, शुक्रबार १५:१६

रवि लामिछाने झनै खराव रहेछन भन्दै कांग्रेस प्रवेश गरे रास्वपाका संस्थापक संयोजक


हेटौंडा, माघ १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक संयोजक राजकुमार न्यौपाने नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।

सभापति रवि लामिछाने अन्य दलका नेताहरु भन्दा झनै खराव रहेको तथ्य पाएपछि सो पार्टी छाडेर न्यौपाने कांग्रेस प्रवेश गर्नुभएको हो ।नेपाली कांग्रेसको ७८औं स्थापना दिवसका दिन हेटौंडामा भएको कार्यक्रममा न्यौपाने कांग्रेस प्रवेश गर्नुभयो ।

न्यौपानेलाई कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीमा स्वागत गर्नुभयो । सो अवसरमा न्यौपानेले रवि लामिछाने र रास्वपामा देश बनाउने कुनै एजेन्डा नभएको ठोकुवा गर्नुभयो ।