काठमाडौं, १३ माघ । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा आफूलाई धोका दिएर एमाले उम्मेदवारलाई जिताएको भन्दै नेकपा माओवादी केन्द्र सत्तारुढ घटक नेपाली काँग्रेससँग आक्रोशित बनेको छ । माओवादीले काँग्रेसले यसअघि जस्तै यो निर्वाचनमा पनि आफूमाथि घात गरेको निस्कर्ष निकालेको छ ।
केही नेता काँग्रेससँगको गठबन्धन तोड्नुपर्ने पक्षमा समेत देखिएका छन् ।माओवादी कोशी प्रदेश समितिको बैठकले शुक्रबार काँग्रेससँगको सहकार्यबारे सोच्नुपर्ने निस्कर्ष निकालेको थियो । बिहीबार भएको निर्वाचनमा गठबन्धनमा माओवादी केन्द्र र काँग्रेसले गठबन्धन गरेका थिए ।
काँग्रेसबाट अन्य समूहतर्फबाट कृष्ण सिटौला र महिलाबाट माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेदवार हुनुहुथ्यो । माओवादी उम्मेदवार कार्कीलाई हराउन काँग्रेसका केही प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख\उपप्रमुखले एमालेकी रुक्मिणी कोइरालालाई भोट दिएका थिए । काँग्रेसले आफ्ना उम्मेदवारमाथि घात गरेको भन्दै माओवादीले राष्ट्रियसभा अध्यक्ष आफैंसँग राख्ने रणनीति बनाएको छ । निर्वाचनअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच काँग्रेस पूर्वमहामन्त्री सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने अनौपचारिक सहमति भएको चर्चा चल्दै आएको छ ।
माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले राष्ट्रियसभाको सबैभन्दा ठूलो दलको हैसियतमा अध्यक्ष माओवादीले लिने बताउनुभयो। सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउनेबारे नेताहरुबीच सहमति भएको आफूलाई जानकारी नभएको पोखरेलको तर्क रहेको छ । राष्ट्रपति काँग्रेसको र सभामुख एमालेको भएकाले शक्ति सन्तुलनका आधारमा माओवादीले पाउनुपर्ने दाबी पोखरेलले गरे । ‘सबैभन्दा ठूलो दल भएको नाताले राष्ट्रियसभा अध्यक्षमा स्वतः माओवादी केन्द्रले दाबी गर्छ । कृष्ण सिटौलालाई बनाउने भन्ने सहमति भएकोबारे मलाई जानकारी छैन । पार्टीमा त्यसबारे कहिल्यै छलफल पनि भएको छैन’, पोखरेलले भन्नुभयो, ‘राष्ट्रपति काँग्रेस, प्रतिनिधिसभाको सभाुमख एमालेले लिएकाले शक्ति सन्तुलनका हिसाबले राष्ट्रियसभा अध्यक्ष माओवादीको हुनुपर्छ ।’
उहाले निर्वाचनमा धोका दिएको काँग्रेसले नैतिक रुपमा राष्ट्रियसभा अध्यक्ष दाबी गर्नु अनुचित भएको टिप्पणी गर्नुभयो। यद्यपि काँग्रेस र गठबन्धनमा रहेका दलहरु आफ्ना अध्यक्ष प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउन तयार भए राष्ट्रियसभा अध्यक्ष छाड्न सकिने पोखरेलले दावी छ ।













प्रतिक्रिया दिनुहोस्