जनता टाइम्स

१३ माघ २०८०, शनिबार १३:४१

एमाले मुख्यालय पुगेर चिनियाँ उपमन्त्री हायानले भेटिन अध्यक्ष ओली (फोटोफिचर)


काठमाडौं, माघ १३ । नेपाल भ्रमणमा रहनुभएकी चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ।

शनिबार दिउँसो नेकपा एमालेको मुख्यालयमा पुगेर उपमन्त्री हायानले अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको हो । भेटमा उहाँहरुबीच दुई देशको सम्बन्धबारे छलफल भएको एमाले बिदेश बिभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

उपमन्त्री हायान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आउनु भएको हो । उहाँले आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको थियो ।

भेटबार्तामा उपमहासचिव बिष्णु रिमाल, बिदेश बिभाग प्रमुख भट्टराई, बिदेश बिभाग सचिव डा. अन्जान शाक्यलगायतका नेताहरु सहभागी हुनुभएको छ ।