जनता टाइम्स

१६ माघ २०८०, मंगलवार ०९:३०

आजदेखि कार्यालय समय ५ बजेसम्म


काठमाडौं, १६ माघ । आजबाट सरकारी कार्यालयहरू साँझ ५ बजेसम्म नै खुल्ने भएका छन् । सरकारले यसअघि कात्तिक १६ गतेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन गर्ने समय तय गरेको थियो ।

चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ ।

माघ १६ पछि भने कार्यालय समय १० देखि ५ बजेसम्म नै हुने गरेको छ ।