काठमाडौं, १८ माघ । काठमाडौंस्थित बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले दुई जनालाई पक्राउ गरेको छ । व्यापारी अरूण चौधरीलाई लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको हो ।
अजितनारायण सिंह थापालाई पनि बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको सिआइबीले जनाएको छ । उनीहरूले वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप छ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको उनीहरूमाथि आरोप छ ।
अरुण चौधरी सीजी होल्डिङ्सका चेयर म्यान हुन्। उता अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए । बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हडपेको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । अर्कातिर यो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ ।













प्रतिक्रिया दिनुहोस्