काठमाडौं, २० माघ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार रेमिट्यान्समा रमाइरहेको बताउनु भएको छ । उहाँले सरकार विदेशिने युवा शक्तिलाई देशभित्रै रोक्ने होइन रेमिट्यान्समा रमाइरहेको बताउनुभएको हो ।
शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले अध्यक्ष ओलीले अहिले रेमिट्यान्स बढेकामा सरकार खुशी भएको तर युवालाई विदेश जानबाट रोक्न नसकेको बताए ।
‘‘उनीहरुलाई रोक्ने होइन, त्यो रेमिटयान्सबाट सरकार आनन्द मानिरहेको छ । रेमिटयान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुशी भएको हो । तर रेमिट्यान्सबाट देश चलाउने जस्तो घातक कुरा अरु केही हुन सक्दैन’ उहाँलेले भन्नुभयो ।
कोरोना महामारीजस्तै केही विश्वव्यापी समस्या आएमा रेमिट्यान्स प्रभावित हुने र देश अस्तव्यस्त हुने अध्यक्ष ओलीको कथन छ । ‘दिगो विकास लक्ष्य भेट्न भनेर हामी हिँडिरहेका छौं । रेमिटयान्स अर्थतन्त्र भनेको दिगो विकास हुन्छ ? दिगो विकास लक्ष्यको विपरीत कुरा होइन यो ?’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ।
सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीति मात्र गरेको टिप्पणी गर्नुभएको छ । सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरेको बताउनुभयो ।
‘‘सरकार बन्ने, बनाउने, टिकाउने त्यो भन्दा परतिर राजनीति नै भएन । देशको लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन । यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म । सत्तामा पुग्ने र सत्तामा अडिने । त्यत्ति हो यसको राजनीति’ उहाँले भन्नुभयो ।
उहाँले सरकारले जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितका लागि केही काम गर्न नसकेको जिकिर गर्नुभयो । ‘सिँगै हिउँद प्लाष्टिकमुनि मानिसहरु बसिरहेका छन् । हाम्रो भोलेन्टियर्सले १२–१५ सय घर बनाएर त्यत्तिनै हो । अरु केही भएको छैन । कस्तो सरकार होला ?’ अध्यक्ष ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्