काठमाडौं, माघ २६ । नेपाल प्रहरीमा जुनियर अधिकृतदेखि जवान र खेलाडीसम्ममा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज सार्वजनिक सूचना जारी गर्दै बिभिन्न पदमा भर्ना खुलेको जानकारी गराएको हो ।
सूचनामा भर्नाका लागि दरखास्त दिने समय फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको छ । सूचनाअनुसार जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सात वटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौं उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त बुझाउन सकिने उल्लेख छ ।
खेलाडीहरुका लागि भने काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मात्र दरखास्त फारम बुझाउन सकिने ब्यवस्था गरिएको छ । यसैगरी गत कात्तिक ३ गते भर्ना खुलेको प्रहरी सहायक निरीक्षक (असई) पदमा १०५ जना थपिएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्