काठमाडौं, २७ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुबाआमा सबैलाई निरोगी होउन, सबैको कल्याण र भलो होस भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिनुभएको हो ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘आज सोनाम ल्होछार !
बुबाआमा दाजुभाइ दिदीबहिनी सबैलाई शुभकामना ! सबै निरोगी होउन्, सबैको कल्याण होस्, सबैको भलो होस् !
शुभकामना ।
तिनी सोनाम् ल्होछार !
आबाआमा, ज्योज्योआले, नानाआङा भेनानदा ज्याबाडान्बा ! भेनान् ल्हेगै, भेनालान् ज्याबा तागै ,भेनालान् बिबह्राङ तागै ज्याबा डान्बा !’
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ ।













प्रतिक्रिया दिनुहोस्