काठमाडौं, २९ माघ । रक्तदाता अर्जुन मैनालीले आत्मदाह गर्नुभएको छ । नेपालको काभ्रे स्थायी घर भई हाल अमेरिकामा बस्नुहुने मैनालीको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा शव फेला परेको हो । आज बिहान फेसबुकमा ‘अग्नीको बाटोबाट परलोक जान लागेको’ स्ट्याटस लेखेर वेपत्ता हुनुभको मैनालीको शव पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको अमेरिका निवासी पुरुषोत्तम ढकालले जानकारी दिनुभयो ।
परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको पनि उहाँको भनाइ छ । मैनालीले दुई सय पटकभन्दा बढी रक्तदान गरेर धेरैको जीवन बचाइएर सामाजिक योगदान गर्नुभएको थियो । तर, उहाँ आफैँ भने लामो जीवन बाँच्न चाहनुभएन । उहाँले आफूले आत्मदाह गर्नुको कारण पारिवारिक तनाव भएको हुनसक्ने आशंका गरिएको छ । आफ्नो साला र उनको परिवार पनि नर्थ क्यारोलिनामै बस्दै आउनुभएको छ ।
उहाँले स्ट्याटसमा साला र उसकी पत्नीप्रति गुनासो गर्दै लामो स्टाटस लेख्नुभएको छ । उहाँले परलोक जानका लागि एउटा सेता कार भाडामा लिएको समेत स्टाटसमा उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ,‘४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, यो कारमा को आएको छ ? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरि उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरो
मात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवान्ले साथ दिउँन् ।’ मैनाली सन् २००७/००८ देखि अमेरिकामा बसोबास गर्न थालिएको बुझिएको छ । उहाँको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन् । छोरीको विवाह भर्खरै मात्र भइसकेको छ भने छोरा सानै छन् ।
प्रतिक्रिया दिनुहोस्