जनता टाइम्स

३ फाल्गुन २०८०, बिहीबार ०८:०९

जनयुद्ध दिवसमा बिदा दिने पालिकाविरुद्ध सर्वाेच्चमा अवहेलना मुद्दा


काठमाडौं, फागुन ३ । फागुन १ गते जनयुद्ध दिवसमा सार्वजानिक बिदा दिएका ८ पालिकाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ।
अधिवक्ता पूर्णप्रसाद हमाल, अशोक सिंह र सुवास सिंह धामीले बुधबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गर्नुभएको हो ।

निर्णय गरेरै सार्वजानिक बिदा दिएका मोहन्यालाल गाउँपालिका कैलाली, नलगार्ड नगरपालिका जाजरकोट, मुड्केचुला गाउँपालिका डोल्पा, बाँफिकोट गाउँपालिका रुकुम पश्चिम, माडी गाउँपालिका रोल्पा र पचालझरना गाउँपालिका कालिकोटकाविरुद्ध अवहेलना मुद्दा दायर गरिएको हो।

सर्वोच्च अदालतले गत पुस १३ गते जनयुद्ध दिवसका अवसरमा दिइएको बिदा खारेज गरिदिएको थियो।