जनता टाइम्स

३ फाल्गुन २०८०, बिहीबार १८:५०

केन्द्रीय कमिटी बैठकको मिति तय गर्दै सकियो एमाले सचिवालय बैठक, प्रचारसहित केही बिभागका सदस्य मनोनीत


काठमाडौं, फागुन ३ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डासमेत तय गरेको छ । बैठकमा पछिल्ला समसायिमक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल हुने महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी बैठकमा मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा हुने महासचिव पोखरेलको भनाई छ । सचिवालय बैठकले केन्द्रीय प्रचार तथा प्रकाशनसहित केही विभागहरुको मनोनयन गरेको छ ।