काठमाडौं, फागुन ३ । नेकपा एमालेले केन्द्रीय सदस्यद्वय ऐन महर र सिराज अहमद फारुकीको राजीनामा स्वीकृत गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आज बसेको केन्द्रीय सचिवालय बैठकले महर र फारुकीले केन्द्रीय कमिटी सदस्यबाट दिनुभएको राजीनामा स्वीकृत गरेको हो ।
बैठकपछि एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले बिज्ञप्ति जारी गरी दुवै जनाको राजीनामा स्वीकृत गरेको जानकारी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्