भक्तपुर, फागुन ५ । कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले शुक्रबार परीक्षा तालिका सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षा २०८१ बैशाख १४ गतेदेखि सुरु हुँदैछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । बोर्डका अनुसार बैशाखको २६ गते परीक्षा सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्