जनता टाइम्स

६ फाल्गुन २०८०, आईतवार ०८:०७

हिन्दुराष्ट्र स्थापना महाअभियानमा देखिए काँग्रेसका अधिकांश नेता


काठमाडौं, फागुन ६ । हिन्दुराष्ट्र स्थापना महाअभियानमा काँग्रेसका अधिकांश नेता सहभागी भएका छन । कांग्रेसकै नेताहरुको उल्लेख्य उपस्थितिमा सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणासभा गरिएको हो ।

राजधानीको बानेश्वर ब्याङ्क्वेटमा महाअभियान केन्द्रीय समन्वय समितिको आयोजनामा शनिवार महाअभियानकको घोषणासभा गरिएको बताइएको छ । संयोजक शंकर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा दर्जन बढी नेताको उपस्थिति थियो ।

महाअभियानका सल्लाहकार संयोजक लक्ष्मणप्रसाद घिमिरे, सल्लाहकारहरु तारानाथ रानाभाट, देवेन्द्रराज कँडेल, विपिन कोइराला, दीपकुमार उपाध्याय, रामचन्द्र अधिकारी, दीपकप्रकाश बाँस्कोटा, शंकरप्रसाद पाण्डे, मिठाराम विश्वकर्मा, दामोदर गौतमलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्व सांसद तथा नेतृ पुष्पा भुसालको पनि सहभागिता थियो । कांग्रेसका २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समितिमै सनातन हिन्दु राष्ट्रको नीति लिनुपर्ने भन्दै लिखित प्रस्ताव दर्ता गर्नुभएको थियो ।