जनता टाइम्स

६ फाल्गुन २०८०, आईतवार ०८:५०

एमाले कैलालीको अधिवेशन आजबाट : अध्यक्षमा ३ जना दावेदार, अन्य पदमा कति ?


कैलाली, फागुन ६ । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलालीको सुखडमा जिल्ला अधिवेशनको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उदघाटनपछि अध्यक्ष ओलीले जिल्ला अधिवेशन उदघाटन गर्ने कार्यक्रम छ । आज र भोली हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनबाट जिल्लाको नेतृत्व लिन तीन जना आकांक्षी देखिएका छन । नेतृत्व आफ्नो पक्षमा पार्न एमालेका तीन केन्द्रीय नेताहरू पनि लबिङ गरिरहेका छन् ।

आजबाट सुरु हुने अधिवेशनमा अध्यक्षका त्रीपक्षीय प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष पदका लागि दुर्गा जोशी, डेजी पाण्डे र यज्ञराज ढुङ्गाना गरी तीन जनाले दाबी गर्नुभएको छ । ढुङ्गाना पूर्वप्रदेश कमिटी सचिवालय सदस्य हुनुहुनछ भने जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुनुहुन्छ । उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा लगायत आकांक्षी देखिनुभएको छ ।

यस्तै सचिवमा ममताप्रसाद चौधरी, हितेस ओझा, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी १२ जनाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ भने दुई उपसचिवमा ३० जनाले दाबी गरेका छन ।

उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल आकांक्षी हुनुहुन्छ । यस्तै निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारी, खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा र टेकबहादुर बुढाले दावी गर्नुभएको छ ।

यस्तै प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियार पनि आकांक्षी देखिनुभएको छ । अधिवेशन मार्फत पाँच पदाधिकारी सहित १५० सदस्यीय निर्वाचित हुनेछ । त्यसको लागि ५६० जना प्रतिनिधि छनोट भइसकेका छन ।