काठमाडौं, फागुन ६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पद धरापमा परेको छ । बालकुमारी घटनामा दोषी किटान भएपछि मन्त्री ज्वालाको पद धरापमा परको हो ।
दुई युवाको ज्यान जाने गरी गत पुस १३ गते भएको घटनामा मन्त्री ज्वाला प्रमुख दोषी रहेको भन्दै जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको छ । सोही कारण मन्त्री ज्वालाको पद धरापमा परेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अव चाहेर पनि जोगाउन नसक्ने जनाउ मन्त्री ज्वाला र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दिइसकेको स्रोतले बतायो ।
उहाँले बालकुमारी घटनाबारे सरकार निकै गम्भीर रहेको सार्वजनिक भनाई पनि राखिसक्नु भएको छ । जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर मन्त्रीलाई बर्खास्तदेखि अन्यमाथि कार्वाही गर्ने प्रधानमन्त्रीले बताउनु भएको छ ।
दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो, जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई दोषी किटान गरिएको छ । आइतबार संसदको बैठक सुरु भएलगतै प्रमुख प्रतिपक्षी नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामा मागेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले समेत प्रश्न उठाउनु भएको छ ।
जवाफमा प्रधानमन्त्रीले भने १० लाख दिएर चुप बसेको भन्ने गलत भएको बताउनु भयो । प्रधानमन्त्री दाहालले आयोगको प्रतिवेदन आजै आफूले बुझ्ने जानकारी पनि दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्