काठमाडौं, फागुन ६ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि सो पद रिक्त भएको थियो । राजीनामापछि सरकारले अध्यक्षका लागि आवेदन मागेकोमा अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गरिएको थियो । तीनमध्ये भण्डारी नियुक्त हुनुभएको हो ।
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भण्डारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सूचना प्रविधि सल्लाहकार हुनुहुन्छ । मन्त्रीको सल्लाहकारबाट उहाँ अव प्राधिकरणको नेतृत्वमा जानुभएको हो ।
यसैगरी मन्त्रिपरिषद बैठकले डा. प्रमोद जोशीलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्