जनता टाइम्स

८ फाल्गुन २०८०, मंगलवार १३:५३

म प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुंग्याउन खोजेँ, प्रचण्ड र देउवा मान्नुभएन : ओली


काठमाडौं, ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा तयार नभएको आरोप लगाउनु भएको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबारबाट सुरु भएको पार्टीको सातौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, ‘म प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउन कोसिस गरेको हो, तर त्यतिबेला प्रचण्डजी र शेरबहादुरजीले मान्नुभएन । के सोख हो उहाँहरूको थाहा भएन ।’