काठमाडौं, फागुन ९ । सत्तारूढ नेपाली कांग्रेसका नेता गणेश लामा समूहले गैर आवासीए नेपाली तथा एक ब्यवसायीलाईअपहरण गरी फिरौती स्वरुप करोडौंको लेनदेनको कागज गरेको रहस्य खुलेको छ ।
ब्यवसायी ज्ञानेंद्र खडकालाई कांग्रेस नेता लामा र सहदेब कक्षपतीलगायतको समूहले बन्धक बनाइफिरौतीस्वरूप सो कागजात गराएको पाइएको हो ।
खडकाले विज्ञप्ति निकाली सो समूहको आपराधिक कार्यको भण्डाफोर गर्नुभएको छ ।
खडकाका अनुसार लामा र कक्षपतिले २०८० साल पुष २३ गते ललितपुर जिल्ला धोलाहिटी आदर्सटोलबाट अपहरण गरी सानेपा स्थित लण्डन हाउस होटलमा लगेर ८ घन्टा भन्दा बढी कोठामाथुनेर बन्धक बनाइ धम्की र त्रास बिच करकापमा फिरौती स्वरुप करोडौंको लेनदेनको कागज गरेकोथियो ।
खडकाले आज बिज्ञप्ति निकालेर भन्नुभएको छ, ‘डकैतहरुलाई पैसामोह भए जस्तै हामीलाई ज्यानकोसुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन । यहाँबाट निस्केर घरपरिवारलाई भनिस्र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ ।पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानूनी कठघरामा उभ्याउनु मेरो प्रमुखप्राथमिकता थियो । त्यसैले आज सबै कानूनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु ।’
















प्रतिक्रिया दिनुहोस्