काठमाडौं, फागुन १० । श्रीमान र श्रीमतीबीचको शंका नै सीतापाइला घटनाको मुख्य कारण देखिएको छ । श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको आशंका बढदै जाँदा सीतापाइला घटनाहुन पुगेको देखिएको हो ।
पत्नी र छोरी र नतिनीको हत्या गरेपछि आत्महत्या गरेका राजु घिमिरे भन्ने काजी विश्वकर्मा र श्रीमती ईश्वरी श्रेष्ठबीच लामो समयदेखि सम्बन्ध सुमधुर नरहेको पाइएको प्रहरीले बताएको छ।
अनुसन्धानमा दूधकुण्ड–६, सोलुखुम्बुका काजी विश्वकर्माले आफ्नो श्रीमती, छोरी र नातिनी (छोराको छोरी) को हत्या गरी आत्महत्या गरेको देखिएको छ । काजी मृतक ईश्वरीका दोस्रो श्रीमान् हुन् भने अनिशा उनीहरूकै छोरी हुन् । दुई वर्षकी नातिनी भने ईश्वरीको पहिलो श्रीमान्बाट जन्मिएका छोराकी छोरी हुन् ।
ईश्वरीसहित तीन जनाको हत्यापछि राजुले आत्महत्या गर्नुअघि मोबाइलमा भिडियो रेकर्ड गरेका थिए। त्यसमा उनले श्रीमतीको परपुरुष सम्बन्धका कारण आफु तनावमा रहेको र उक्त निर्णय लिएको उल्लेख गरेका छन। आफू श्रीमतीको व्यवहारबाट आजित भएको उनको आशय रहेको छ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुका अनुसार उनीहरुका मोबाइलमा भेटिएको अडियो भिडियोहरुमा दुई जनाबीच सम्बन्ध राम्रो नरहेको देखिन्छ। स्रोतका अनुसार आफैले बलात्कारको आरोप लगाएका व्यक्ति छुटेपछि उनैसँग जान्छु भन्दै ईश्वरीले काजीलाई भन्ने गरेको पनि मोबाइलमा फेला परेको छ।
ईश्वरीले बलात्कारको आरोप लगाएका ५१ वर्षीय काठमाडौंको रामकोट बस्ने एक व्यक्ति गत फागुन १ गते ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए। ती व्यक्ति छुटेपछि ईश्वरी र काजीबीच सम्बन्ध थप बिग्रिएको अनुसन्धानबाट खुलेको छ।
‘ईश्वरी र उनले आरोप लगाएका ती व्यक्तिबीच राम्रै सम्बन्ध रहेको देखिन्छ। बीचमा बलात्कारको आरोप लगाउनु र अहिले आएर उनैसँग जान्छु भन्दै श्रीमानसँग निहु खोज्नुले परपुरुष सम्बन्ध नै यो घटनामा जोडिएको देखिने प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्