काठमाडौं, फागुन १० । सत्तारुढ नेपाली कांग्रेसको महासमिति बैठकमा बिदेसी नागरिक पनि प्रतिनिधि बनेर सहभागी भएको पाइएको छ । कांग्रेस महासमितिमा प्रतिनिधि बनेका दुई सदस्यहरु बेलायत र क्यानडाका नागरिक रहेको पाइएको हो ।
सोमबारबाट सुरु भएको कांग्रेस महासमिति बैठक आज सकिदैछ । जनताटाइम्स डटकमलाई प्राप्त कागजातअनुसार सो बैठकमा सहभागी बुद्धिप्रकाश ओली क्यानडा र युवराज गुरुङ ब्रिटिश नागरिक हुन ।
नेपाली जनसम्पर्क समितिको नाममा ओली क्यानडा र गुरुङले हङकङबाट प्रतिनिधित्व गर्नुभएको हो । कांग्रेसले बिदेसी नागरिकता लिएका ब्यक्ति सदस्य हुन नपाउने बताउँदै आएको छ ।
उस्ले शिक्षक र कर्मचारलाई समेत पार्टीको सदस्यता नदिने बहश पनि चलाएको छ । तर महासमिति बैठकमा भने बिदेसी नागरिकलाई सहभागी गराएको हो ।
प्रतिक्रिया दिनुहोस्