मोरङ, फागुन ११ । मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा किचिएर घाइते भएका तीन जनाको गएको छ ।
भारतीय नम्बर प्लेट नम्बर आर.जे. २९ जी.बी. १५६१ को मालबाहक ट्रक पसलमा पल्टिँदा किचिएर घाइते भएका चार जनामध्ये स्थानीय चार वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताउनुभयो । उनीहरू जुम्ल्याहा दाजुबहिनी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, किचिएर ज्यान गुमाउनेमा अर्की स्थानीय सात वर्षीया रिमा खवास रहेको प्रहरीले बताएको छ । ट्रकले किच्दा ५८ वर्षीया ज्याती अधिकारीको दुवै खुट्टा भाँचिको छ ।
प्रतिक्रिया दिनुहोस्