कैलाली, फागुन १२ । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित हुनुभएको छ ।
जिल्ला अधिवेशनको क्रममा भएको निर्वाचमा ढुंगाना निर्वाचित हुनुभएको हो ।
ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा डेजि पाण्डेले दुई सय १८ मत तथा अध्यक्षका अर्का प्रतिद्वन्द्वीदुर्गाप्रसाद जोशीले ६३ मत पाउनु भएको छ।
यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी हुनुभयो । उहाँले एक सय९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाउनुभएको छ।
उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७मत पाउनुभयो ।
सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी हुनुभयो । चौधरी दुई सय ४३ मतसहितविजयी हुँदा प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत पाउनुभएको छ ।
सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गर्नुभयो । उपसचिवमाढुंगाना प्यानलका चुडामणी भट्ट विजयी हुनुभएको छ ।
भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाउनु भयो ।यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाउनु भएको छ ।
उपसचिव (महिला) मा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वीशान्तिदेवी सिंहले एक सय ६१,रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाउनुभयो ।
फागुन ६ गते सुरू भएको एमाले नवौँ अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुलपाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्