जनता टाइम्स

१२ फाल्गुन २०८०, शनिबार २१:५६

सत्ता गठबन्धनलाई हराउदै बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा विश्वकर्मा निर्वाचित


दैलेख, फागुन १२ । दैलेखको नौमूले गाउँपालिका १ स्थित भैरव माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा शशिराम विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टी नेतृत्वको सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै विश्वकर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित विश्वकर्माले तीन दलीए गठबन्धनका उम्मेदद्वारलाई ८५ मतको अन्तरले पराजित गर्नुभएको मतदान अधिकृत जगतबहादुर सिंहले बताउनु भयो ।

बिद्यालय व्यवस्थापन समितिमा विश्वकर्मासहित अन्य तीन जना सदस्य समेत उहाँकै प्यानलबाट विजयी भएका छन । विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ५ सय ७८ जना अभिभावकले मतदान गरेका थिए । विद्यालय ब्यवस्थापन समितिको सदस्यमा अर्जुनबहादुर चन्द, वर्षा थापा मगर र डिल कुमारी थापा मगर विजयी हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित विश्वकर्माले आफ्नो दोस्रो कार्यकालमा विद्यालयको भौतिक संरचनादेखि शैक्षिक अवस्थालाई अघि बढाउन पहल गर्ने बताउनु भयो । तत्कालिन समयमा विद्यालयमा पुस्तकालय, भवन निमार्ण गरिएको गरिएको उहाँले जानकारी दिनुभयो । विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धिमा लागिपर्ने उहाँले जानकारी दिनुभयो ।