जनता टाइम्स

१३ फाल्गुन २०८०, आईतवार ०९:३७

अबैध बाटो हिडेर आएका ८ नेपालीलाई अमेरिकाले फिर्ता पठाएपछि


काठमाडौं, फागुन १३ । अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले नेपाल फिर्ता गरेको छ । उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो ।

अवैध बाटो प्रयोग गर्दै १० बढी देश हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट गरी फिर्ता फर्काएको छ ।

अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रहरीका अनुसार अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको हो । प्रहरीले उनीहरुको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ ।