जनता टाइम्स

१६ फाल्गुन २०८०, बुधबार १०:५२

माधव नेपाल कांग्रेस-माओवादी र बिदेसीको कठपुतली बने भन्दै एमालेमा फर्किए यी नेता


काठमाडौं, फागुन १५ । नेकपा एकीकृत समाजवादीका नेताहरु मै फर्किएका छन ।

अध्यक्ष माधवकुमार नेपाल बिदेसी र कांग्रेस माओवादीको गुलाम बनेको निश्कर्ष सुनाउँदै नेकपा एसका नेताहरु धमाधम एमाले फर्किनु भएको हो । यही क्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखापरिक्षण आयोगका सदस्य देविलाल रावल आफ्नो टीमसहित एमाले प्रवेश गर्नुभएको छ ।

यसैगरी सो पार्टीको जनसंगठन खेलकुद महासंघ समाजबादीका केन्द्रीय सदस्य प्रीतिबहादुर रावल र नेपाल शिक्षक संघ जिल्ला कार्य समितीका सदस्य ऐनबहादुर पनि एमाले प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोख्रेलको पार्टीमा स्वागत गर्नुभएको छ ।

एमाले प्रवेश गरेपछि नेता रावलले माधव नेपाल र सो पार्टी कम्युनिष्ट आन्दोलनबिरोधी रहेको र बिदेसीको हितमा मात्रै काम गरिरहेको तथ्य प्रमाणित भएपछि पुरानै घर एमाले फर्किएको बताउनु भयो ।