काठमाडौं, फागुन १६ । अर्काको चरित्रहत्या गर्दै हिडने युटुवर मनोज मानव कारागार चलान भएका छन ।
सामाजिक अभियन्ता तारा बरालको जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले युट्यूबर मनोज मानवलाई पक्राउ गरेको थियो ।काठमाडौं जिल्ला अदालतले केही दिनअघि मनोजलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
मनोज मानवलाई साइबर अपराध सम्बन्धी मुद्धामा दोस्रोपटक पक्राउ गरिएको थियो । अघिल्लो मुद्धामा उनी धरौटीमा छुटेका थिए । साइबर अपराधमा सामान्यतया आरोपीहरु धरौटीमा छुट्ने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्