जनता टाइम्स

२० फाल्गुन २०८०, आईतवार १८:२८

अस्पताल परिसरबाटै पक्राउ परे युवराज सफल र पूण्य गौतम, यस्तो कारण


काठमाडौं, फागुन २० । त्रिबि शिक्षण अस्पतालबाट अभियन्ता भनिने पूण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको हो ।

शालीन पोखरेल मृत्यु प्रकरणमा पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेपछि गौतम र सफललाई प्रहरीले पक्राउ गरेको हो । उहाँहरुलाई त्रिवि शिक्षण अस्पताल बाहिरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो । दुवैलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।

आइतबार टिचिङ हस्पिटलले पोस्ट मार्टम रिपोर्ट चितवन प्रहरीलाई पठाएको थियो । रिपोर्टमा बलात्कार नभएको पाइएको र झुण्डिएको कारण मृत्यु भएको तथ्य टिचिङ अस्पतालले उल्लेख गरेको छ । सोही बिषयमा बिरोध गर्न पुग्ला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।