जनता टाइम्स

२१ फाल्गुन २०८०, सोमबार १०:५१

सत्ता गठबन्धन भत्किएलगत्तै बालुवाटार पुगे ओली


काठमाडौं, फागुन २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुग्नुभएको छ ।

बालकोटमा सचिवालय बैठक सकिए लगत्तै अध्यक्ष ओली बालुवाटार पुग्नुभएको हो । अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल पनि बालुवाटार पुग्नुभएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएलगत्ते एमाले नेताहरु सचिवालय बैठकबाटै माओवादीसँग नयाँ समीकरण गर्ने निर्णयसहित बालुवाटार पुग्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज कांग्रेससँगको गठबन्धन टुटेको घोषणा गरेपछि एमालेले नयाँ समिकरणका लागि सहमत भएको हो । नयाँ गठबन्धनअनुसार आजै मन्त्रिपरिषद हेरफेर हुने भएको छ । सोही बिषयमा छलफलका लागि ओली बालुवाटार पुग्नुभएको हो ।