गणेश बस्नेत

२१ फाल्गुन २०८०, सोमबार ११:१७

केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण बनाएर जाने माओवादीको निर्णय


काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो । बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भन्न्भयो, ‘नयाँ गठबन्धनको प्रसङ्ग आएको छ ।

मन्त्रिपरिषद् र राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ शिराबाट छलफल हुन्छ । प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउँछौँ ।’ त्यसका लागि नयाँ गठबन्धनको बैठक बसिरहेको उहाँको भनाइ छ । एमालेसहितको नयाँ सत्ता समीकरणले वामपन्थी एकताको दिशामा लैजाने उनको भनाइ छ । ‘अहिले पार्टी एकताको कुरा त चलेको छैन । यो कदमले त्यस दिशातिर लैजान्छ । वामपन्थी ध्रुवीकरणतिर लैजान यो कमल चालिएको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।