काठमाडौं, २६ फागुन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नयाँ गठबन्धन बनेपछि जनतामा आशा जगाएको बताउनुभएको छ । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको १२ औं सम्मेलनको उद्घाटन गर्दै उपाध्यक्ष पाण्डेले देशका आर्थिकलगायतका मुद्दामा सरकारको हेरफेरले आशा जगाएको बताउनुभएको हो ।
नयाँ सरकार बनेपछि अब पालो आयो भनेर उत्साहित भएर बस्न नहुने भन्दै एवं पूर्व अर्थमन्त्रीसमेत रहुनभएको उहाँले अहिलेको चुनौतीलाई सामना गर्न क्षमता विकास गर्दै जानुपर्ने बताउनुभयो । उहाँले नयाँ बनेको गठबन्धनलाई बाँकी ४ वर्ष टिकाउँदै नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्ने दायित्व अब एमालेको काँधमा रहेको पनि बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्