जनता टाइम्स

२९ फाल्गुन २०८०, मंगलवार १९:०७

एमालेको मिशन पूरा गर्न चाल्नै पर्ने कदम


यो असन्तुष्टि सही हो, पार्टी राम्रो बनाउने कुरामै अडिएर आएका सुझाव हुन । यसलाई नेतृत्वले स्वीकार गर्दै आगामी दिनमा कोर्स करेक्शन गर्न जरुरी छ । तर नेतृत्वले पनि समयको आवश्यकताअनुसार त्याग गरेको हो भन्ने सच्चाइलाई कार्यकर्ता पंक्तिले बुझेर पनि बुझ पचाउने भुल गर्न हुँदैन । नेतृत्वले बाध्यताका कारण यस्तो निर्णय लिएको र आफूबिरुद्ध भइरहेको चक्रब्यूँह तोडेर उसैलाई पार्न यसप्रकारको अश्त्र चलाएको हो भन्ने कुरा पनि त सही नै छ ।

चानक पोखरेल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य लक्ष्य नै देश र जनताको समृद्धि रहेको बटमलाइनसहित अभियान अघि बढाउनु भएको छ । नेपाली कांग्रेस नेतृत्वको पुरानो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएकै दिन अध्यक्ष आलीले यो मिसन अघि बढाइएको प्रष्ट जनाउ दिइसक्नुभएको छ । दिगो विकासको माध्यमबाट देश र जनताको समृद्धि गर्ने संकल्प बोकेर एमाले अगाडि बढेको तर ती काम सरकारबिना केही गर्न नसकिने तथ्यलाई पनि उहाँको राख्नुभएको छ । यो भनाईको सार रहन्छ, ‘नयाँ गठबन्धन बनाएर अहिले सरकारमा जानुका खास मक्सद छन ।

कृषिमा आधुनिकीकरण, उद्योग क्षेत्रमा लगानीको वातावरण, पर्यटन तथा प्राकृतिक सम्पदाको उपयोग गरी देश र जनतालाई समृद्ध बनाउने गन्तव्य एमालेको रहेको अध्यक्ष ओलीको भनाइ छ । ‘पछिल्लो समयमा देशको आर्थिक अवस्था कमजोर भएको छ, कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सबै पार्टी र जनता मिलेर अगाडि बढ्नु र वर्तमान अवस्थामा देखिएको अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउनुको बिकल्प छैन’ भन्नुभएको छ । यस कार्यमा लोकतान्त्रिक पार्टीको भूमिका महत्वपूर्ण भएको बताउँदै ओलीले लोकतन्त्र प्राप्तिपछि भएका विकासका काम र संविधानबाट प्राप्त उपलब्धिलाई जनतामाझ लैजान जरुरी भएको निश्कर्ष पनि सुनाउनु भएको छ ।

एमालेका हरेक कार्यकर्ता दिनको १८ घण्टा जनताको सेवामा जुट्दै आउँदो निर्वाचनमा पार्टीलाई स्पष्ट बहुमतसहित सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गर्नुपर्छ । यो कामका लागि हरेक मोर्चामा अब्बल साविक हुन जरुरी छ । यो सच्चाइलाई एमालेजनले नै नबुझेर बस्नु उचित हुन्न । एमालेका पालामा विकास निर्माणका काम धेरै भएका छन । वृद्धभत्ता, आफ्नो गाउँ आफैँ बनाऊँ, गाउँगाउँमा सडक बाटो, शिक्षा–स्वास्थ्य जस्ता कामहरु गरेर लोकप्रियता हासिल गरेको छ ।

कमरेड ओली प्रधानन्मत्री हुँदा सरकारले देश र जनताको पक्षमा काम गरेकै कारण बिरोधीहरुले अनेकन फण्डा गरे । यतिसम्म अफवाह फैलाए कि अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्नेसम्मको आपराधिक हर्कत भए । सुन तस्करी काण्डमा मुछिएकालाई कानूनी दायरामा ल्याउनबाट रोक्न जनताको ध्यान अन्यत्रै मोड्न जरुरी ठानेर अघिल्लो गठबन्धनले त्यही योजनासहित अध्यक्ष ओलीमाथि अफवाह फैलाइएको तथ्य घटनाक्रमले उजागर गरिसकेको छ ।

सत्ता गठबन्धनको सवैभन्दा ठूलो दल र गठबन्धनको कुल संख्याको एक्लै आधा रहेको मुख्य दलले प्रधानमन्त्रीसँगै अर्थ, गृह, परराष्ट्र, सञ्चार, श्रम, शिक्षा, स्वास्थ्यजस्ता जनताका प्रत्यक्ष कामसँग जोडिएको मन्त्रालय नपाउँदासमेत चित्त बुझाउने कुराले कार्यकर्तामा असन्तुष्टी छ ।

एमाले देश र जनताको समृद्धिमार्फत समाजवादको बाटोतर्फ अगाडि बढ्ने स्पष्ट खाकासहित अघि बढेको छ । एमालेको १० औं महाधिवेशनको कार्यदिशा पनि बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमार्फत देश र जनताको समृद्धि गर्ने नै रहेको छ । नेपाली जनताको जीवनस्तर उकास्न कृषिमा आधुनिकीकरण र औद्योगीकरणलाई जोड दिनुपर्नेमा नेतृत्व स्पष्ट छ । यसअर्थमा अव एमाले कुनै दुविधातिर नगई सत्तालाई सही रुपमा जनताको हितमा सदुपयोगको नीतिसहित अघि बढनुपर्छ । यही आजको आवश्यकता हो ।

यो सत्य हो कि अध्यक्ष ओलीले मन्त्रालय बाँडफाँडमा चाहिनेभन्दा निकै बढ्ता उदारता देखाउनु भएको छ । यो कुरा एमालेका कार्यकर्तालाई बिल्कुलै मन परेको छैन । सत्ता गठबन्धनको सवैभन्दा ठूलो दल र गठबन्धनको कुल संख्याको एक्लै आधा रहेको मुख्य दलले प्रधानमन्त्रीसँगै अर्थ, गृह, परराष्ट्र, सञ्चार, श्रम, शिक्षा, स्वास्थ्यजस्ता जनताका कामसँग जोडिएको मन्त्रालय नपाउँदासमेत चित्त बुझाउने कुराले कार्यकर्तामा असन्तुष्टी छ ।

यो असन्तुष्टि सही हो, पार्टी राम्रो बनाउने कुरामै अडिएर आएका सुझाव हुन । यसलाई नेतृत्वले स्वीकार गर्दै आगामी दिनमा कोर्स करेक्शन गर्न जरुरी छ । तर नेतृत्वले पनि समयको आवश्यकताअनुसार त्याग गरेको हो भन्ने सच्चाइलाई कार्यकर्ता पंक्तिले बुझेर पनि बुझ पचाउने भुल गर्न हुँदैन । नेतृत्वले बाध्यताका कारण यस्तो निर्णय लिएको र आफूबिरुद्ध भइरहेको चक्रब्यूँह तोडेर उसैलाई पार्न यसप्रकारको अश्त्र चलाएको हो भन्ने कुरा पनि त सही नै छ । त्यसकारण अब अध्यक्ष ओलीको मिसन पूरा गर्न यो नयाँ गठबन्धन बलियो बनाएर अघि बढ्न सबैको ध्यान जान जरुरी छ । यही नै नेपाल र नेपालीको हितमा छ ।