काठमाडौं, चैत २५ । नेपाली बजारमा सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल भाउ १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत २२ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थिायो ।
सो दिन छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १६ सय १५ रुपैयाँमा स्थिर रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्