ताप्लेजुङ, २९ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सुदूरपूर्वको नेपाल–चीन सिमाना ताप्लेजुङको ओलाङचुङ्गोला पुगेर स्थानीयसँग संवाद गर्नुभएको छ । पार्टी सचिव योगेश भट्टराई, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित अध्यक्ष ओली ओलाङचुङगोला पुग्नुभएको हो ।
अध्यक्ष ओली फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सवारीसाधन पुगेको खुसीयिली मनाउन र सदरमुकाम फुङ्लिङमा पार्टी कार्यालयको उद्धघाटन गर्न आउनु भएको हो । ३२ सय मिटर उचाइको यो बस्तीमा दुईदिन अगाडि अर्थात् मंगलबार सदरमुकाम फुङलिङबाट यातायातका साधन पुगेका हो ।
बस्तीका बासिन्दा र अध्यक्ष ओलीले यातायातका साधन पुर्याउने, ट्र्याक पुर्याउने निर्माण कम्पनीका ठेकदार पेम्बा शेर्पा, राजीव लामिछाने, चालकलगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । ओलाङचुङगोलाबाट फर्किएपछि ओलीले सदरमुकाममा रहेको पार्टी कार्यालयको उद्धघाटन गर्ने जिल्ला कमिटी अध्यक्ष भूपेन्द्र थेवे बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्