जनता टाइम्स

३ बैशाख २०८१, सोमबार १२:४१

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो : अध्यक्ष ओली


काठमाडौं, ३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको आरोप लगाउनुभएको छ । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको घटनाक्रमलाई उदृत गर्दै एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको आरोप लगाउनुभएको हो ।

अध्यक्ष ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको समेत आरोप लगाउनुभयो ।

ओलीले एकीकृत समाजवादीले आन्तरिक रुपमा बार्गिनिङ गरिरहेको बताउदै आइतबार बाहिर नै प्रकट गरेको टिप्पणी गर्नुभयो । ओली आफ्नो सम्बोधनमा एकीकृत समाजवादीप्रति आक्रामक रुपमा प्रसतुत भएका थिए । उहाँले एकीकृत समाजवादीले कम्यनिष्ट साइन बोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागेको बताउनुभयो ।