समग्रमा हेर्दा वि.जे.पी.को घोषणा पत्रले खास गरेर दक्षिण एसीयाका अन्य राजनीतिक दलहरूलाई संदेश समेत दिएको छ । वि.जे.पी.को घोषणा पत्रले ऋण मिनाहा, सरकारी संस्थालाई नीतिकरण, करलाई कटौती, खास वर्गलाई तुष्टिकरण जस्ता चूनावी लाभमा लक्षित रहेको छैन । पाकिस्तान, श्रीलङ्का केही हदसम्म नेपालमा समेत सस्तो लोकप्रियताको नाममा राष्ट्रिय हितलाई तीलाञ्जली भएको देखिन्छ । यस अर्थमा वि.जे.पी.को घोषणा पत्रले वृहत राष्ट्र हितलाई समाहित गरेको देखिन्छ ।
विपिन देव
सन् २०२४ अप्रिल १४ को दिन भारतीय जनता पार्टीले चूनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । घोषणा पत्रलाई संकल्प पत्र भनिएको छ । संकल्पलाई सिद्धिमा रूपान्तरण र प्रत्यारोपण गर्ने दृढ्ता र उत्तरादायित्व पार्टीले बोकेको हुन्छ । १४ अप्रिलका दिननै घोषणा पत्र सार्वजनिक गर्नुको विभिन्न आयामहरू रहेको छ । भारतमा दमित, पिडित र दलितहरूको डा. अम्वेडमरसंगको भावनात्मक सम्बन्ध रहेको छ । हुनतः अम्वेडमरको विराट व्यक्तित्व कुनै एक खास समुदाय र सम्प्रदायसंग जोड्नु अन्याय नै हुनेछ । तै पनि चूनावी भाष्यमा यी कुराहरूको महत्व हुने गरेको छ । सन् १४ अप्रिलमा अम्वेडमरको जन्मजयन्तीको अवसरमा घोषणा पत्र सार्वजनिक हुनु आफ्नैमा चूनावी रणनीति देखिएको छ ।
साथसाथै १४ अप्रिलमा भारतका विभिन्न समुदाय विभिन्न राज्यहरूमा नयॉ वर्ष मनाउने चलन समेत रहेको छ । उत्साह र उमंगको अवसरमा नयॉ आशा जागृत गर्न समेत वि.जे.पी.को घोषणा पत्र परिलक्षित रहेको छ । आप्mनो उषाकालदेखि नै वि.जे.पी.को प्रमुख मुद्दा काश्मिरबाट धारा ३७० को निस्तेज र अयोध्यामा राम मन्दिरको निर्माण गर्नु थियो । यी दुईवटा महत्वपूर्ण उद्देश्य प्रत्याभूत गर्न वि.जे.पी. सफल भएको देखिन्छ । सन् २०२४ को चूनावी घोषणा पत्र वास्तवमा आर्थिक मुद्दामा बढि केन्द्रित रहेको छ । वर्तमान परिवेशमा भारत विश्वको पॉचौ अर्थतन्त्र रहेको छ । घोषणा पत्रको माध्यमबाट आउने २ र तीन वर्षमा नै जर्मनी र जापानलाई पछाडि छोड्दै विश्वको तेस्रो अर्थतन्त्र बन्ने घोषणा पत्रले वॉचा गरेको देखिन्छ ।
भरतका परराष्ट्र मन्त्री डा. जयशंकरले घोषणा पत्रलाई सुत्रात्मक रूपले व्याख्या गरेका छन् । कुनै पनि राजनीतिक दलले मुलुकको भाग्य र भविष्य निर्माण गर्नको लागि दीर्घकालीन राणनीति लिनुपर्ने उनको भनाई रहेको छ । तत्कालीन लाभको लागि अल्पकालीन सोच बनाएको खण्डमा नीति स्थायीत्व नरहने डा. जयशंकरको बुझाई रहेको छ । तदनुरुप वि.जे.पी.ले आउने २५ वर्षको लागि उक्त घोषणा पत्रको माध्यमबाट रोडम्याप तयार गरेको देखिन्छ । आर्थिक विकास योजना अन्र्तगत सन् २०१४ देखि सन् २०२४ सम्म प्रधानमन्त्री आवास योजना अन्र्तगत गरिव र विप्पन वर्गको लागि सरकारले ४ करोड घर गरिव र विपन्न वर्गालई सुम्पेको थियो ।
सन् २०२४ को घोषणा अनुसार आउने ५ वर्ष सरकारले ३ करोड नयॉ पक्की घर निर्माण गरेर समाजमा विपन्न वर्गलाई हस्तान्तरण गर्ने दृढ संकल्प गरेका छन् । सन् २०२४ को घोषणा पत्रले ७० वर्ष कटाई सकेको व्यक्तिहरूको विषेश हितका लागि मध्य नजर राख्दै उनीहरूलाई समेत स्वास्थ्य विमामा आवद्ध गराउन पार्टीले संकल्प पत्रबाट आप्mनो दृढता सार्वजनिक गरेका छन् । अर्थात् भारत सरकारको स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत प्रत्येक लाभार्थीले ५ लाखसममको स्वास्थ्य सुविधा प्राप्त गर्न सक्दछ । उक्त आयुष्मान भारत कार्यक्रममा समाजका ७० वर्षसम्म भन्दा माथिका व्यक्तिहरूलाई विमित गरिएको थिएन । अर्थात् प्रस्तुत घोषणा पत्रले समाजका ७० वर्षका माथिका व्यक्तिहरू समेत आर्कषण हुने पार्टीको रणनीति देखिएको छ । वि.जे.पी.ले आफ्नो घोषणा पत्रमा स्वास्थ्यलाई अधिक प्राथमिक्ता दिएको जानकारहरूको समिक्षा रहेको छ ।
मध्यम वर्ग र उच्च मध्यम वर्ग गाउ‘मा वसोवास नगर्नुको प्रमुख कारक तत्व मध्ये स्वास्थ्य समस्या एउटा प्रधान समस्या रहेको छ । शहरीकरणको प्रमुख कारणहरू मध्ये पनि स्वास्थ्य समस्या पनि एक हो । यी समस्यालाई अर्जुन दृष्टिमा राख्दै पार्टीले जन औषधी कार्यक्रम अन्र्तगत ८० प्रतिशतको छुटमा सरकारले गाउ‘ घरमा बसोवास गरिरहेको मान्छेलाई औषधी उपलब्ध गराउन कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरेको छ । सरकारी स्तरवाट उक्त कार्यक्रमको थालनी समेत भइसकेको छ । प्रत्येक गाउ‘को स्वास्थ्य चौकीलाई विद्युतिय माध्यमबाट ठुला ठुला अस्पतालबाट सम्र्पक र सम्बन्ध बनाउन पार्टी दृढ संकल्पति रहेको छ ।
वि.जे.पी.ले महिला मतदातालाई विषेश आर्कषण गर्न विभिन्न महिला मैत्री कार्यक्रमहरू समेत उद्घोष गरेको देखिन्छ । विभिन्न कार्यक्रमहरू अन्र्तगत १० करोड महिलालाई समाजको अगुवा महिलाको रूपमा सक्षम बनाउ‘ने उक्त घोषणा पत्रले “लखपति दिदी कार्यक्रम” ड्रोन” “पाइलोट कार्यक्रम”, स्वंयम साहायता समुह जस्ता अनेकौ कार्यक्रमहरूको समेत घोषणा गरेका छन् । सरकारले सञ्चालन गरिरहेको राहत कार्यक्रमहरूलाई समेत अगामी ५ वर्षमा निरन्तता दिने पार्टीले संकल्प पत्रद्वारा सार्वजनिक गरेका छन् ।
घोषणा पत्रमा बुलेट ट्रेनदेखि स्पेससम्म, युद्धदेखि शान्तीसम्म र घरेलु नीतिदेखि विदेश नीतिसम्म पार्टीको मार्ग चित्र संकल्प पत्रमा उल्लेखित छन् । वि.जे.पी.को घोषणा पत्रलाई समालोचकहरू विभिन्न कोणबाट व्याख्या गरेका छन् । सन् २०१४ देखि सन् २०२४ सम्म भारत र पाकिस्तान विच सम्बन्धमा कुनै सुधारको लक्षण नदेखिनु र चीनसंगको कटुतामा पनि कुनै कमी नहुनलाई मोदी सरकारको कमजोरीको रूपमा व्याख्या गरिन्छ । वेरोजगारी दरमा तीव्र बढोत्तरी हुनुलाई समेत सरकारको कमजोर कडीको रूपमा व्याखया गरिन्छ । प्रजातान्त्रीक पद्धतिमा हिन्दुत्व वाहुल्यता बढाउनु सांस्कृतीक आक्रामक्ताले उपमा भारतीय काङ्ग्रेस लगायत अन्य पार्टीहरूले आरोप लगाएका छन् ।
प्रजातान्त्रीक पद्धतीमा आलोचना राजनीतिक सम्वलता प्रदान गर्दछ । यस अर्थमा वि.जे.पी.को घोषणा पत्र आलोचना हुनु एक किसिमले प्रजातान्त्रीक अभ्यास नै हो । तर समग्रमा हेर्दा वि.जे.पी.को घोषणा पत्रले खास गरेर दक्षिण एसीयाका अन्य राजनीतिक दलहरूलाई संदेश समेत दिएको छ । वि.जे.पी.को घोषणा पत्रले ऋण मिनाहा, सरकारी संस्थालाई नीतिकरण, करलाई कटौती, खास वर्गलाई तुष्टिकरण जस्ता चूनावी लाभमा लक्षित रहेको छैन । पाकिस्तान, श्रीलङ्का केही हदसम्म नेपालमा समेत सस्तो लोकप्रियताको नाममा राष्ट्रिय हितलाई तीलाञ्जली भएको देखिन्छ । यस अर्थमा वि.जे.पी.को घोषणा पत्रले वृहत राष्ट्र हितलाई समाहित गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्